‘दिल बेचारा’को ट्रेलर हेरेर भावुक बनेकी सुष्मिता भन्छिन्–सुशान्तसँग काम गर्ने मौका मिलेको भए..’

एजेन्सी । अभनेता सुशान्त सिंह राजपुतको आत्महत्याले गर्दा बलिउड अझै शोकमा डुबिरहेको छ । ३४ वर्षको युवा अवस्थामा सुशान्तले आत्महत्याकै बाटो किन रोजे त्यसको खास कारण अझै सार्वजनिक भएको छैन । तर पुलिसको रिपार्ट अनुसार उनले आत्महत्या डिप्रेशनको कारण गरेको बताउदै आइएको छ । 

सोमबार सुशान्त अभिनित फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । एक पटक सुशान्तका फ्यानले उनलाई महसुुस गर्नेछन् । ट्रेलर रिलजले केही घण्टामै धेरै हेरिएको वर्ल्ड रेकर्ड बनाएको छ । 

बलिउडका धेरै सेलिब्रेटी फिल्मको ट्रेलर हेरेर भावुक भएका छन् । सामाजिक सञ्जालमा उनीहरु सुशान्तलाई अझै जान्ने मौका पाएको भए लगायत उनीसँग फिल्म खेल्ने अवसर मिलेको भए लगायतका धारणा राखिरहेका छन् । 

यसै क्रममा अभिनेत्री सुष्मिता सेनले सुशान्तको फिल्म ‘दिल बेचारा’ को ट्रेलर हेरेर एक पोस्ट सेयर गरेकी छन् । जसमा उनले लेखेकी छन्–‘म व्यक्तिगत रुपमा सुशान्तलाई चिन्दिन । केवल केही फिल्म र अन्तर्वातामा देखेको हुँ । उन निकै भावुक थिए । उनको फिल्मको ट्रेलर हेरेर मैले उनलाई धेरै बुझेको छु । उनी आफ्नो सरल स्वभाम र मन्दमुस्कानको खानी थिए । उनी फिलममा मात्र होइन वस्ताविक जीवनमा पनि निकै सरल थिए । 

उनी भन्छिन् –‘मैले उनलाई व्यक्तिगत रुपमा जान्न पाएको भए । उनीसँग काम गर्ने मौका पाएको भए । मलाई थाहा छैन ४७ नम्बरमा हामी दुबैको लगाब यति धेरै किन छ । मलाई ‘दिल बेचारा’को मन निकै मन पर्यो ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर