सुशान्त आत्महत्या प्रकरण : सलमान खानसहित ८ जनाविरूद्ध दायर मुद्दा खारेज

एजेन्सी  । जुन १४ मा बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरे । योसँगै बलिउडमा नेपोटिज्मको विवाद सुरु भएको छ । 

सुशान्तको निधनपछि मृत्यु रहस्यमय भन्दै अनुसन्धान गर्ने क्रममा अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्सालीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।  उक्त मुद्दा अहिले अदालतले खारेज गरिदिएको छ । 

बिहार अदालतमा परेको फौजदारी मुद्दा खारेज भएको भारतीय मिडियाले जनाएको छ । विहारका एक वकिलले अभिनेता सुशान्तको मृत्युको विषयलाई लिएर बलिउडका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका थिए । 

वकिल सुधिर कुमार ओझाले हालेको उक्त मुद्दामा सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको उल्लेख गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर