प्रकाश सुबेदीको अनुरोध–दिपा बहिनीको नाममा अभद्र अशोभनीय टिप्पणी नगरिदिनुहोला 

काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा हास्य कलाकार दिपा श्री निरौला विवादमा तानिएकी छन् । ‘रजतपत अंकल’ अर्थात प्रकाश सुबेदीसँग दिएको विवादित अभिव्यक्तिको कारण उनी आलोचित भएकी हुन् । दिपाले राजेश हमाल महानायक हो र ? महानायक भए त फिलम खेल्नु पर्ने ? लगायतको प्रश्न कार्यक्रम सञ्चाललाई नै गरेकी थिइन् ।

उनको अभिव्यक्ति सार्वजनिक भएपनि राजेश हमालका फ्यानहरु दिपासँग भड्किएका छन् । सामाजिक सञ्जलामा उनको बारेमा धेरै नराम्रो टिकाटिप्पणी सुरु भएका छन् । राजेश हमाल आफैले पनि दिपालाई एक अन्तर्वाता मार्फत आफ्नो कामसँग मात्र चासो राख्न अनुरोध गरेका छन् ।

यसै क्रममा ‘रजतपत अंकल’  प्रकाश सुबेदीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै दीपाको समर्थनमा आफ्नो अभिव्यक्ति राखेका छन् । उनले दिपालाई नराम्रो कमेन्ट नगर्न आग्रह गरेका छन् । उनले दिपा र आफ्नो सम्बन्ध दाई बहिनाीको भएको र बहिनीको बारेमा धेरैले नराम्रो भनेको सुनेर दाईको मन दुखेको गुनासो गरेका छन् । 


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर