स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

सिरहा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । 

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । 

भारतबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर