• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 04:33 pm

निजी विद्यालयका कक्षा गाउँपालिकाद्वारा बन्द

झापा। प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ।     

गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरू गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए।

“लकडाउन खुले पनि कोभिड–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन”, उनले भने, “विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ।”     

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो।

शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ। जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४६ जना रहेको छ। तीमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए। कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमितमध्ये निको भएर १३४ जना फर्किसकेका छन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पहुँचको भरमा सवारी चालक अनुमति पत्र वितरण नगर्न मुख्यमन्त्री शाहीको निर्देशन

  • ८ असोज, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पहुँचको भरमा लाइसेन्स वितरण नगर्नको लागि यातायात व्यावस्था कार्यालय सुर्खेतका

अध्याँरो जिते बजारको बाटोलाई बमले यसरी उज्यालो बनाए

  • ८ असोज, २०७७

सुर्खेत । कालिकोटको चर्चित हाट बजारको रुपमा रहेको जिते बजारमा कालिकोट पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले  ५ वटा सौर्य बत्ति जोडेर

गाडीसहित खोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना वेपत्ता

  • ८ असोज, २०७७

काठमाडौं । कपिलबस्तुको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना