• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 01:22 am

आजबाट होटल तथा रेष्टुरेन्ट सञ्चालन हुने

काठमाडौँ  । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । 

होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उनले भने, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

घट्यो सुनको भाउ

  • २५ श्रावण, २०७७

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।  बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको एक लाख दुई

कोभिड–१९ ले ल्याएको चुनौतीमा सहकार्य गर्न अर्थमन्त्री खतिवडाको आग्रह

  • २३ श्रावण, २०७७

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ ।  शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो । बिहीबार एक लाख दुई हजार पाँच