• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 02:33 am

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका हुन् । 

उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् । 

साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाको लक्षण मिल्ने एक पुरुषको मृृत्यु, पुष्टी हुन बाँकी

  • २५ श्रावण, २०७७

जनकपुरधाम । धनुषामा कोरोनासंग मिल्दो जुल्दो लक्षण रहेका एक जना पुरुषको मृत्यु भएको छ । केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन

  • २५ श्रावण, २०७७

दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला आइपुगे । गत

सशस्त्र प्रहरीका नौ जवानमा कोरोना संक्रमण पुष्टि

  • २५ श्रावण, २०७७

महोत्तरी । महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र