नवाजुद्दीन र परिवार विरुद्द पत्नी आलियाले दिइन उजुरी

एजेन्सी । केही समय अगाडी बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाबीच डिर्भोसको खबर सार्वजनिक भएको थियो ।

यसैबीच नवाजुद्दीनकी पत्नी आलियाले उनी र उनको परिवारका विरुद्ध गत सोमबार मुम्बई स्थित वर्सोवा पुलिस थानामा मुद्धा दार्ता गराएकी छन् । आलियाले छोरी ९ वर्षको हुँदा नवाजुद्दीनको भाईले अश्लील भिडियो देखाए शोषण गरेको आरोप लगाएकी छन् । अहिले उनीहरुको छोरी १९ वर्षकी भएकी छन् । आलियाले भारतीय कानुनको धारा ३५४ अन्तर्गत मुद्दा दर्ता गरेको मुम्बई पुलिसले बलिउड मिडियालाई जानकारी दिएको छ । 

पत्नी आलिया र उनका आरोपको विषयमा अहिलेसम्म अभिनेता नवाजुद्दीन सिद्दीकीले मुख खोलेका छैनन् । उनी हाल आफ्नो जन्मघर मुजफ्फरनगरमा छन् । कोरोना भाइरसका कारण भारतमा लकडाउन घोषणा भएसँगै उनी जन्मघर पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर