शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको एक लाख नजिक

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको तीन सय बढेर ९९ हजार ३०० रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले पछिल्लो समय निरन्तर रुपमा सुनको मूल्य बढिरहेको बताएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८६५ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर