सरकारले बढायो इन्धनको मुल्य

काठमाडौं । सरकारले इन्धनको मुल्य बढाएको छ । सरकारी स्वामित्वको नेपाल अयल निगमले शनिबार मध्यराति देखि लागुहुनेगरि डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाएको हो । 

मूल्यवृद्धिपछि काठमाडौंमा मट्टीतेल र डिजेलको प्रतिलिटर ९० तथा पेट्रोलको १ सय ४ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

भारतीय आयल कर्पोरेसनले नयाँ मुल्य पठाएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।  

गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर