• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:23 am

सुशान्तको घटना सेलाउन नपाउँदै चर्चित टिभि अभिनेता समीर शर्माले गरे आत्महत्या 

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै अर्का एक अभिनेताले पनि आत्महत्या गरेका छन् ।

हिन्दी सिरियल ‘सास भि कभी बहु ती और कहानी घरघर की’ बाट लोकप्रिय हासिलल गरेका अभिनेता समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन् । उनले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ४४ वर्षका समीर  १५ वर्षदेखि भारतीय टेलिभिजनमा कार्यरत थिए । ‘दिल क्या चाहता है’ सिरियलबाट आफ्नो करियर सुरुवात गरेका समिरले २०१४ मा फिल्म ‘हंसी तो फंसी’ मा अभिनय गरेका थिए ।

भारीतय प्रहरीका अनुसार सोमबार तिरै उनले आत्महत्या गरेको हुन सक्ने देखियो हो । उनको आत्महत्याका बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको प्रहरीको भनाई छ । समीर हाल  स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरिरहेका थिए । उनले किन र के कारणले आत्महत्या गर्नु परेको हो ,अहिलेसम्म यसबारेमा जानकारी बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि

  • ५ असोज, २०७७

काठमाडौं ।  गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा

ड्रग्स केसमा : अभिनेता किशोर अमन शेट्टी पक्राउ

  • ५ असोज, २०७७

काठमाडौं । अभिनेता सुहान्त सिंहको मृत्युपछि आएको ड्रग्स केसमा  एम डीएमए बेचेको आरोपमा अभिनेता तथा कोरियोग्राफर र डान्सर किशोर अमन शेट्टी पक्राउ

हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’ कोरोना मुक्त

  • ५ असोज, २०७७

काठमाडौं । हाँस्यकलाकार देवीराम पराजुली भोकलाग्यो’ कोरोनाभाइरस मुक्त भएका छन्।आफुलाई कोरोनाभाइरस मुक्त भएको बारे उनले सामाजिक सञ्जाल