• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 04:48 am

कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्नः मुख्यमन्त्री पौडेल

फाइल तस्बीर

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताएका छन् ।

सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतलाई सङ्क्रमण हुन थालेको बताउँदै कोरोना नियन्त्रण र रोकथामका लागि गम्भीर हुने बेला आएको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा कोरोनाका कारण जटिल अवस्था सिर्जना हुनसक्ने देखिएकाले अत्यन्तै सजग हुनुपर्ने धारणा राखे । उनले कोरोना नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पौडेलले अत्यावश्यक सामग्रीबाहेकको ढुवानी तथा पैठारी रोक्नेलगायत स्थान र अवस्था हेरेर निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने उल्लेख गरे ।
 
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको बैठकले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा छलफल भएको थियो ।  

कोभिड सङ्कट व्यवस्थापन समितिको ११ बुँदे निर्णय

बागमती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब दुई हजार पुगेपछि प्रदेश कोभिड व्यवस्थापन समितिले नियन्त्रणका लागि प्रयास थालेको छ । 

मुख्यमन्त्री पौडेलको नेतृत्वमा रहेको समितिको सोमबारको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न ११ निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट प्रदेशभित्रका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिलाई निकासा गरिएको १३ करोड ६७ लाख खर्चको विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सङ्कलन गरी पेश गर्ने साथै सामाजिक विकास मन्त्रालयबाट प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था समेतमा उपलब्ध गराइएको कूल ९ करोड ९३ लाखको खर्चको विवरण सामाजिक विकास मन्त्रालयले सङ्कलन गरी अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सङ्घीय सरकारबाट प्राप्त भएको आइसोलेसन स्थापनादेखि उपचारसम्मको कार्य व्यवस्थापनका लागि स्थानीय तहलाई उपलब्ध गराउन प्राप्त भएको रु चार करोड रकम प्रदेश सरकार मातहतका अस्पतालमा आइसोलेसन श्यया र कोभिड-१९ को उपचारलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।
 
समितिले कोभिड-१९ को सन्दर्भमा क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याइएको विद्यालयबाट क्वारेन्टिन हटाई अन्य सार्वजनिक भवन वा सामुदायिक भवनमा व्यवस्था गरी उक्त विद्यालय भवनलाई निर्मलीकरण गर्न स्थानीय तहलाई लेखी पठाउने, साथै सो कार्यका लागि स्रोतको आवश्यकता परेमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत माग गर्न जानकारी गराउने निर्णय गरेको छ । रासस 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा