• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 04:49 am

बाग्लुङमा आजदेखि थप एक साता निषेधाज्ञा

बागलुङ। बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि आजसम्म गरिएको निषेधाज्ञा थप एक साता जारी राख्ने निर्णय भएको हो।

गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका–२ र ३ का दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा सङ्क्रमण फैलिएको थियो। बागलुङ बजारकै दुई महिलाकै सम्पर्कमा आएकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भएपछि थप निषेधाज्ञा गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। 

हिजो जिल्ला प्रशासन कार्यलय बागलुङ र सरोकार भएकाहरूबीच भएको बैठकले एक साता थप गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।  प्रशासन कार्यालय र सरोकार पक्षबीचको बैठकले यसअघि खुला रहेको बैंक तथा वित्तीय संस्था पनि पूर्ण रूपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य पदार्थ, तरकारीलगायत पसल दिनमा एक समय मात्र बिहान ७ देखि ९ बजेसम्म मात्र खुलाउने निर्णय गरेको छ।     

अब लक्षण देखिएका सङ्क्रमितलाई धौलागिरि अस्पताल र क्याम्पस तथा लक्षण नदेखिएकालाई धौलागिरि बहिरा स्कूल रामरेखामा राखिने बैठकले निर्णय गरेको छ। रासस    

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा