राप्ती प्रादेशिक अस्पतालको सेवा सञ्चालन शुरु

दाङ। दुई चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गरिएका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आजदेखि सेवा दिन थालेको छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। पदमराज अधिकारीका अनुसार आपतकालीन र प्रसूति सेवा सुरु भएको हो। 

शनिबार बन्द गरिएको उक्त अस्पतालले सोमबार साँझ ५ बजेदेखि यी दुई सेवा सञ्चालन गरेको हो।

अस्पताल विकास समितिको बैठकले सङ्क्रमण रोकथामका लागि स्यानिटाइजेसन, आइसोलेसन र अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा भर्ना भएका बिरामीको स्वाब सङ्कलनपछि सेवा सुरु गरेको हो।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ५० जनाको स्वाब सङ्कलन गरिएकामा ९ जनाको रिपोर्ट पोजिटिभ आएपछि बन्द गरिएको थियो। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर