• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 02:22 pm

बिध ल्याबमा कोरोना परीक्षणको शुल्क अनलाईन भुक्तानि गर्दा ७ प्रतिशतसम्म छुट

काठमाडौं । विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ । सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाईन भुक्तानिमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । 

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ । यसअघि नै अनलाईन भुक्तानिमार्फत २ सय छुट दिइएको थियो । आइएमी पे, एन आइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छ«े बैंक लगायतका बैंकहरुमार्फत अनलाईनबाटै भुक्तानि गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको विधले जनाएको छ ।  

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको बिध ल्याबका सञ्चालक विके भण्डारीले बताए ।

ल्याबले दैनिक ४ हजार भन्दबढी कोभिड परीक्षण गर्न सक्छ । १३ साउनदेखि सरकारबाट मान्यता लिएर संचालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ । ल्याब ललितपुरको कुपण्डोलमा छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण  

  • १२ असोज, २०७७

काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष तथा उद्योगी  व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आइएमई

असोजमै पाक्यो सुन्तला

  • १२ असोज, २०७७

गलकोट – सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा

आइतबार नेप्से ४.२९ बिन्दुले उकालो लाग्यो

  • ११ असोज, २०७७

काठमाडौँ, । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४. २९ बिन्दुले