धनुषामा उपचाररत कोरोना संक्रमित ६० वर्षिया पुरुषको मृत्यु

काठमाडौं । धनुषामा उपचाररत रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरली चोकका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ ।

संक्रमित पुरुषमा गत भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर