• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:11 am

बञ्चरो प्रहार गरि छोराद्वारा आमाको हत्या

झापा । झापाको कमल गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । कमल–७ बाह्घरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले आइतबार साँझ ७ बजेतिर बञ्चरो प्रहार गरि ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताएका छन् ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए ।

हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक पण्डितले वताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा