• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 06:08 am

वाग्मती सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ दिने

फाइल तस्बीर

काठमाडौं । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ । 

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले  प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ सङ्क्रमित थप

  • १२ कार्तिक, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

  • १२ कार्तिक, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक

कैलालीको सोयाबिन उद्योगमा आगलागी

  • १२ कार्तिक, २०७७

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार