गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।
नवलपरासीपूर्वका ११, पर्वतका २ तथा स्याङजा र लमजुङका १–१ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ।
प्रतिकृया दिनुहोस