कमला घिमिरेको ‘मन परेको भेना’ गीत सार्वजनिक

काठमाडौं । गायक बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक गरिएको सो गीतमा गायकद्वय पंगेनी र खड्का तथा बालगायिका घिमिरेको स्वर रहेको छ । 

नेत्र अर्यालको शब्द सृजना र  गायक तथा संगीतकार ऋषि खड्काले संगीत भरेको सो गीतका भिडियोलाई मोडल सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।

जसमा निर्देशन क्षेत्री, अन्जली अधिकारी, करिश्मा ढकाल, मोहन खड्का, ऋषि खड्का, बद्री पंगेनी, कमला घिमिरेको अभिनय देख्न सकिन्छ ।  भिडियोमा छायाँकार दिपक गिरीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर