कमला घिमिरेको ‘मन परेको भेना’ गीत सार्वजनिक
काठमाडौं । गायक बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक गरिएको सो गीतमा गायकद्वय पंगेनी र खड्का तथा बालगायिका घिमिरेको स्वर रहेको छ ।
नेत्र अर्यालको शब्द सृजना र गायक तथा संगीतकार ऋषि खड्काले संगीत भरेको सो गीतका भिडियोलाई मोडल सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।
जसमा निर्देशन क्षेत्री, अन्जली अधिकारी, करिश्मा ढकाल, मोहन खड्का, ऋषि खड्का, बद्री पंगेनी, कमला घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोमा छायाँकार दिपक गिरीले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् ।
प्रतिकृया दिनुहोस