सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड—१९ का शङ्कास्पद ७६ हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो । 

प्रदेशमा निको हुने (डिस्चार्ज)दर ८६ दशमलब ९३ प्रतिशत छ । आजसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ ।
 
यसै बीच पछिल्लो २४ घण्टामा कैलाली,डडेलधुरा,दार्चुला,बझाङ,र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४ घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिदा कूल सक्रिय सङ्क्रमित ८४९ जना पुगेका छन् ।  

कैलालीमा सबै भन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा११९, बैतडी ६७,अछाम ६६,बझाङ ६१, कञ्चनपुर ४५,दार्चुला ३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९ का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई/दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर