• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:28 pm

जीपसहित काठ तस्करी गर्ने दुई पक्राउ

कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा रहेका छन् । जीपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताए। 

बरामद काठ, जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । काठ र जीप गरी जम्मा रु १२ लाख ३० हजार मूल्यको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चितवनामा दुई सङ्क्रमितको मृत्यु

  • ११ कार्तिक, २०७७

भरतपुर । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको

लुम्बिनीमा कोराना संक्रमित दुई जनाको मृत्यु

  • ११ कार्तिक, २०७७

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया

डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

  • ११ कार्तिक, २०७७

डोटी। जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ। त्यसका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप