• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 05:34 pm

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरानमा थप सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

मङ्गलबारे ।  धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३०

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • ४ कार्तिक, २०७७

जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्