एन आई सी एशिया बैंकका कार्डबाट सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट  

काठमाडाैं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले VG Automobiles बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२,०००÷– नगद छुट तथा रू. ३,०००÷– नगद फिर्ता गरी कुल रू. १५,०००÷– रकम छुट प्राप्त गर्ने भएका छन् ।  

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा VG Automobiles  को तर्फबाट उप–महाप्रबन्धक श्री धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ख्न् ब्गतयmयदष्भिक का शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५०००÷– रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख  छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने  बैंकले जनाएको छ । 

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा VG Automobiles सँगको यो सहकार्यले ग्राहक महानुभावहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । यस बैंकका ग्राहक महानुभावहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । 

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर