चितवनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

चितवन । चितवनमा मंगलबार साँझ थप दुई जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचाररत २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भइ अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै आज साँझ कलेज अफ मेडिकल साइन्सेस  (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु पनि भएको छ ।

 असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका ती पुरुषको अस्पताल पुर्याइएको केही समयमा नै  मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर