• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 05:25 pm

सामुदायिक विद्यालयका छात्रालाई साइकल

भरतपुर । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए ।

भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गरे । विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरी छात्रालाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताए । उनले भने, “महानगरपालिकाभित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौँ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ ।” उनले दैनिक ज्यालादारी काम गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको बताए । “वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौँ”, उनले भने, “सही सदुपयोगका लागि अनुगमनसमेत गरेका छौँ ।”

उनले साइकल विरतणपछि टाढा–टाढाबाट विद्यालय आउने छात्राका लागि सहज हुने बताए । उनले साइकल वितरणपछि छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने धारणा राखे । शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूति गर्ने खालको हुने उनकाे भनाइ छ । दाहालका अनुसार महानगरपालिकाभित्रका १२ वडाका विभिन्न विद्यालयका ३३० छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्रालाई लक्ष्य गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर लागिपरेको र सरकारी विद्यालयलाई विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्ने गरी काम भइरहेको बताए ।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको र केन्द्र तथा प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उहाँले जानकारी दिए । गत वर्ष पनि महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो । महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकलगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरानमा थप सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

मङ्गलबारे ।  धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३०

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • ४ कार्तिक, २०७७

जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्