• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 05:53 am

महोत्तरीमा २५ वर्षिय कोरोना संक्रमित युवकको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेश अस्पताल निर्देशक डा.खड्कालाई  कोरोना संक्रमण

  • ८ कार्तिक, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण  देखिएको छ ।लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

  • ८ कार्तिक, २०७७

गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण

पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

  • ८ कार्तिक, २०७७

कास्की । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा