कञ्चनपुरमा करेन्ट लागेर २१ वर्षिय युवकको मृत्यु

कञ्‍चनपुर। बेदकोट नगरपालिका-३ चौरीका २१ वर्षीय दिनेश साउदको करेन्ट लागेर मृत्यु भएको छ।  पसलमा काम गर्दै गरेका बेला साउदलाई हिजो करेन्ट लागेको हो।

करेन्ट लागेर बेहोस भएका उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 

साउको शव अस्पतालमा परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर