चाडपर्व मनाउन रुकुम पश्चिमले जारी गर्यो ८ बुंदे आचारसंहिता 

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले चाडपर्व र कोरोना संक्रमणको संभावनालाई लक्षित गरि आचारसंहिता जारी गरेको छ । आज जारी गरिएको आचारसंहितामा सकेसम्म जो जाहाँ छ त्यही बसेर पर्व मनाउन आग्रह गरिएको छ । 
यस्तो छ सूचना  :

मुलुक यति बेला विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड(१९ को संक्रमणबाट गुज्रिरहेको अवस्था सर्वविदितै छ ।यस विषम परिस्थितिमा हाम्रा दैनिक जीवनयापन, सेवा प्रवाह, विकास निर्माण तथा पेशा व्यवसाय सहज ढंगले  सञ्चालन हुन सकिरहेको छैन ।यसैबीच नेपालीहरुको महान चाड पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व आदि हाम्रो संघारमा आइसकेका छन्।यस प्रतिकूल परिस्थितिमा विगत बर्षहरुको सामान्य अवस्थामा जस्तै चाडपर्व मनाउन नसकिने र चाडपर्व मनाउँदा कोभिड(१९ को संक्रमणबाट बच्नुपर्ने भएकोले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ ।

यसै गरी चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी, डकैती, झैझगडा लगायतका अपराध तथा आगलागी, विष्फोट जस्ता घटनाबाट बच्न समेत उच्च सतर्कता र सावधानी अपनाउनुपर्ने
देखिएको छ। यी सबै अवस्थालाई मध्यनजर राखी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन २०२० को दफा २९१० मा उल्लेखित व्यवस्था, जिल्ला विपद व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिको बैठकबाट भएका निर्णयहरु समेतका आधारमा देहाय बमोजिम गर्नुरगराउनुहुन यो सूचना जारी गरिएको छ । यस सूचनामा उल्लेखित विषयहरुको पालना नगरेको खण्डमा प्रचलित
कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

१।      चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेको छ, त्यहीँ रही अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यहरुबीच मात्रै मनाउन अनुरोध गरिन्छ ।
२।      जिल्लाभित्र सञ्चालन हुने कुनै प्रकारका मेला, जात्रा,  महोत्सव तथा मानिसहरुको अनावश्यक भीडभाड र जमघट हुने खालका कार्यहरु गर्नरगराउन पाइनेछैन ।
३।      बेलुकी ८स्०० बजे पश्चात मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखन तथा सेवन गर्नरगराउन पाइनेछैन ।
४।      पटका, आतसबाजी लगायतका बिष्फोटक पदार्थहरूको आयात, प्रयोग र संचय गर्नरगराउन पाइनेछैन
५।      जुवा, तास खेल्ने खेलाउने लगायत कानूनले निषेध गरेका कुनै प्रकारका कार्यहरु गर्नरगराउन पाइनेछैन ।
६।      सवारी साधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा असुल गर्ने,मादक पदार्थ सेवन गरी सवारी साधन चढाउने, यात्रुहरुलाई अभद्र व्यवहार गर्ने, गन्तव्यसम्म नपुर्या उने, सडक अवरोध हुने गरी पार्किङ गर्ने जस्ता कार्य गर्नरगराउन पाइनेछैन ।
७।      पसल तथा व्यवसाय सञ्चालन गर्दा भीडभाड नहुने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरेर सञ्चालन गर्नुपर्नेछ ।
८।      सामाजिक दुरी कायम गर्ने, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने र कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्नेछ।

पुनश्चस् कुनै अपराध, दुर्घटना वा विपदका घटना भएमा वा उल्लेखित सूचनाको उल्लंघन भएको पाइएमा तुरुन्त नजिकको प्रहरी इकाई वा नेपाल प्रहरीको कन्ट्रोल युनिटको सम्पर्क नं १०० वा यस कार्यालयको सम्पर्क नं ०८८/५३००९० मा जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर