• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 03:33 am

विराटनगर महानगरद्वारा वेसाहाराको उद्दार

बिराटनगर । विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ ।

 विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरे । विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष रु २५ लाख दिने गरेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेशलाई अपाङ्गमैत्री बनाइन्छ : मुख्यमन्त्री राई

  • १४ मङ्सिर, २०७७

मोरङ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ । बाल अपाङ्ग टेवा सङ्घ काठमाडाँैद्वारा आज यहाँ आयोजित

विश्व पावर लिफ्टिङमा सहभागी हुन लागेकी कार्कीको विदाई

  • १४ मङ्सिर, २०७७

सुर्खेत । भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्कीलाई विदाई गरिएको छ

प्रदेश राजधानी जोड्ने ‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै

  • १४ मङ्सिर, २०७७

सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । ट्रयाक