मिथुन चक्रवर्तीको छोरा महाअक्षय बिरुद्ध बलात्कारको आरोपमा उजुरी

एजेन्सी । भारतीय अभिनेता मिथुन चक्रवर्तीको छोरा महाअक्ष्या बिरुद्ध मुम्बईको ओशिपारा प्रहरी कार्यलयमा विवाहको बाचा गरी बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको छ । मिथुनकी श्रीमति योगिता विरुद्ध पनि धम्काएको आरोपमा उजुरी दर्ता भएको छ । फिल्म उद्योगसँग जोडिएकी एक कलाकार तथा मोडलले उक्त आरोपमा उजुरी दर्ता गराएकी हुन् । 

 पीडितले बताए अनुसार उनीहरु सन् २०१५ देखि प्रेम सम्बन्धमा रहदै आएकी थिए । जसको कारण विवाहको बाचा गर्दै महाअक्षयले शारीरिक सम्बन्ध राख्ने गरेका थिए । लामो समयपछि गर्भ रह्यो तर उक्त गर्भ महाअक्षयले राख्न दिएनन् । 

यो भन्दा अगाडी सन् २०१८ मा भोजपुरी अभिनेत्रीले पनि  महाअक्षयलाई यही आरोप लगाएकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर