अभिनेत्री कंगना रनावतविरुद्ध मुद्दा चलाउन अदालतको आदेश 

मुम्बई ।  बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा मुम्बईको बान्द्रा अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको छ ।  अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरिएको थियो ।

मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर्ता गरेका थिए । उजूरीमा कंगनाको ट्वीटरमार्फत हिन्दुु–मुस्लिम समुदायमा झगडा गराउने कोसिस गरेको उल्लेख छ । त्यस्तै, बलिउडलाई निरन्तर बदनाम गरेको आरोप पनि कंगनामाथि लागेको छ । 

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म कंगनाले बलिउडविरुद्ध अभिव्यक्ती दिइरहेकी छिन् । उनले भाइ–भतिजावाद र फेवरेटिज्ममा बलिउड अडिएको दाबी गरिरहेकी छिन् ।

अब सिआरपीसीको धारा १५६(३) अन्तर्गत कंगनाविरुद्ध मुद्धादर्ता हुनसक्छ । यसपछि कंगनासँग सोधपुछ हुनेछ । यदी उनीविरुद्ध प्रमाण भेटिएमा उनलाई पक्राउ गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर