फिल्म ‘भाँडाकुटी’ को घोषणा,बेनिशा र मुकुन जोडी बाँधिदै

काठमाडौं । दशैँको अवसरमा फिल्म ‘भाँडाकुटी’ घोषणा गरिएको छ ।  सिनेमा प्रालिको ब्यानरमा निर्माणमा बन्न लागेको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । फिल्मको कार्यक्रममा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषाल लगायतको उपस्थिति रहेको थियो ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । 

फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् भने राजकुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर