लहानमा कवाडी गोदाममा आगलागी, करिव २५ लाखको क्षति

सिरहा। सिरहाको लहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा बिहीबार आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ।

लहान-३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र  नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर