सुनको भाउ घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ७ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार भएको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १ सय थियो । 

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको छ। बुधवार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६ सयमा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु एक हजार २ सय १५ मा कारोवार भएको छ। जुन हिजोको तुलनामा चाँदीमा प्रतितोला १५ रुपैयाँ मात्रै घटेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर