ट्रकको ठक्करबाट बोटेचौरमा एकको मृत्यु, चालक फरार 

सुर्खेत । ट्रकको ठक्करबाट बोटेचौरमा एक जनाको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गुर्भाकोट नगरपालिका– ९ का ४८ धनबहादुर भण्डारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रतापकुमार खत्रीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा सोही ठाउँका ८ वर्षीय बालक भीमबहादुर खड्का, एक वर्षीय बाल भुवन खड्का घाइते भएका छन् ।

घाइते दुवै जनाको उपचारको लागि नेपालगञ्ज लगिएको निमित्त प्रमुख खत्रीको भनाई छ । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको पहिचान नभएको खत्रीले बताए । ट्रकलाई प्रहरी चौकी मेहलकुनाले नियन्त्रणमा लिएर चालकको खोजी भइरहेको खत्रीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर