• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:09 am

मुख्यमन्त्री राउतद्वारा छठपर्वको शुभकामना

धनुषा ।   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त  गरेका छन् । 
 
मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ हर्षोलासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल  गरेका हुन् । 
 
विज्ञप्तिमार्फत उहाँले प्रदेश सरकारले स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन षष्ठी र सप्तमी तिथिमा बिदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्मचारी व्यवस्थापनमा वाग्मती प्रदेश

  • १४ मङ्सिर, २०७७

वाग्मती ।  कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

  • १३ मङ्सिर, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही

झापामा ८४ जनासहित प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए

  • १२ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र