कञ्चनपुरमा बेलडाँडी गाउँपालिका वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।घटनास्थल मृतक वडाध्यक्षको घरबाट एक किलोमिटरको दुरीमा छ ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिडेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर