• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 03:03 am

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

काठमाडौँ ।  लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । 

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।

 सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनएमबी बैंकले पायो बैंक अफ दि इयर २०२० को उपाधि

  • १७ मङ्सिर, २०७७

काठमाडौँ ।  एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२०

नेप्सेमा ७१ अङ्कको वृद्धि, सात अर्बमाथिको कारोबार

  • १७ मङ्सिर, २०७७

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि  उच्च अङ्कले वृद्धि भएको छ । लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज

दाेहाेराे करले व्यवसाय बन्द गराउँछः महासंघ

  • १७ मङ्सिर, २०७७

काठमाडौं । उद्योग वाणिज्य महासंघले सरकारले संघ र प्रदेश दुवै स्थानमा लगाउने गरेको दोहोरो करको भार खेप्न नीजि व्यवसायीलाई निकै गाह्रो भएको बताएको छ