कयौँ रात भोको पेट सुतेकी भारती सिंह, कसरी बनिन् ‘कमेडी क्वीन’ ?

एजेन्सी । कमेडी क्वीन भारती सिंहले आफ्नो अभिनय र शब्द मार्फत धेरै मानिसको मुहारमा खुसी फर्काएकी छन् । वास्तवमा धेरै मानिसहरुलाई थाहा छैन उनले आफ्नो जीवनमा संघर्षका दिनहरु कसरी कटाएकी थिइन् । उनले कमेडी क्वीनको नाम हासिल गर्नको लागि जीवनमा धेरै पीडालाई झेलेकी छन् । 

भारतीको जन्म सने १९८४ जुलाई ३ मा भएको थियो । उनी अमृतसर पञ्जाबकी हुन् । उनको बुबा नेपाली थिए अनि आमा पञ्जाबी थिइन् । बाल्य काल र व्यक्तिगत जीवनमा पीडा–पीडाको बीचमा बाँचेकी भारतीले आँसुमा जीवनका धेरै खुड्किला कटाएकी छन् । 

एक गरीब परिवारमा जन्मिएकी भारती परिवारको सबै भन्दा सनो सदस्य हुन् । उनले कयौँ अन्तर्वाता बताएकी छन् । उनी पेटमा भएको सम उनलको आमाले गरीबको कारण गर्भपतन गराउँन चाहन्थिइन् । उनको आमाले भारती पेटमा भएको समयमा धेरै गर्भपतन गर्ने तरिका अपनाएकी थिइन् तर त्यसले केही काम गरेन । 

उनले २ वर्षमो उमेरमा आफ्नो पिता गुमाइन् । जति बेला उनको परिवारमा आमासहित ४ जना थिए । उनको आमाले एक फ्याट्रिमा काम गरेर उनीहरुलाई पालिरहेकी थिइन् । 

उनले आफ्नो जीवनका धेरै रात भोकै सुतेको अनुभव केही अन्तर्वातामा सुनाएकी छन् । एक अन्तर्वातामा उनले भनिन्–‘मेरो आमा कारखानामा काम गथिइन् । घरमा आएर सिलाईको काम गर्थिन । रात भरी सिलाईको मेसिनको आवाज सुन्नु पर्दथ्यो । आज कतै त्यस्तो आवाज सुने भने पुरानो दिनको दुखका पलहरु याद आउँछ । ’

उनले बताए अनुसार आर्थिक संकटको कारण अभिनयमा झुकाब बढाएकी थिइन् । घरमा पैसाको अभाव धेरै भएपछि उनी अमृतसरबाट मुम्बई आएकी थिइन् । स्टेजमा कमेडी गर्दा मानिसहरु उनीमाथि हास्थे । अहिले त्यही मानिसहरु उनको अगाडी झुक्ने गर्छन । 

उनको जीवनमा ‘गेट इन्डिया लाफ्टर च्यालेन्ज’ जीवनको एक महत्वपूर्ण मागए बन्यो । जहाँबाट उनले आफ्नो पहिचान पाइन । जुन सोमा एक समय उनी एक कमेडीयन थिइन् । अहिले त्यही सो होस्ट गर्छन । १० वर्षकाे यात्रामा उनी कमेडी क्वीन बनिन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर