९३ औँ ओस्कर अवार्डमा भारतको तर्फबाट फिल्म ‘जल्लीकट्टु’ छनोट 

मुम्बई । कोरोना भाइरस महामारीको कारण यो वर्ष ओस्कार अवार्ड भएन । त्यही कारण ९३ औँ ओस्कर अवार्ड अर्को वर्ष सन् २०२१ मा हुने छ । हरेक वर्ष विभिन्न विद्याका फिल्महरु विभिन्न देशहरुबाट पठाउने गरिन्छ । यस पटक भारतको तर्फबाट फिल्म ‘जल्लीकट्टु’ ले प्रतिस्पर्धा गर्ने भएको छ । 

भारतको तर्फबाट यो मलयालम फिल्म हो । यो वर्ष भारतको तर्फबाट यस फिल्मलाई प्रतिनिधित्वको लागि छनोट गरिएको छ । भारतको तर्फबाट यस फिल्मले धेरै अन्तराष्ट्रिय अवार्ड पनि जितिसकको छ । 

फिल्मको प्रिमियर सबै भन्दा अगाडी सन् २०१९ सेप्टेक्बर ६ मा रोरेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा गरिएको थियो । यस फिल्मको कहानी निकै चर्चामा आएको थियो ।  ५० औँ इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा यस फिलमका निर्देशक लिओ जोस पेल्लिसेरीले बेस्ट निर्देशकको आवार्ड पाएका थिए । 

९३ औँ एकेडेमी अवार्डस्मा पठाउनको लागि हिन्दी, उडीया, मराठी लगायत अन्य भाषा गरी २७ भाषाका फिल्मबीच प्रतिस्पर्धा भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर