उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा एन आई सी एशियाका सञ्चालक

काठमाडौं । हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघई निर्वाचित भएका छन् । 
उनको सफलताप्रति बैंकले एक विज्ञप्ति जारी गर्दै उनलाई सफलताो शुभकामना दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, 

‘एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी श्री रामचन्द्र संघईज्यू औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको यस सुखद अवसरमा समस्त बैंक परिवार वहाँलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आउनुभएको वहाँ त्रिवेणी ग्रुपको निर्देशक हुनुहुन्छ । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ ९ऋयmmभचअष्बििथ क्ष्mउयचतबलत एभचकयल(ऋक्ष्ए० सम्मानबाट विभूषित गरेको थियो । 

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर