‘ब्रोकर कमिशन घटाउन माग’ 

काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग विभिन्न पाँच संघ संगठनले धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको अवस्थामा पनि ब्रोकर कमिशन अत्यधिक भएको भन्दै लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । 

‘अहिले धेरै लगानीकर्ताहरुले अनलाइनमार्फत आफैं सेयर किनबेच पनि गर्न थालेको अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले ब्रोकर कमिशस घटाउनुपर्छ ।’

हाल ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशतमा सम्म झार्न माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर