रुपन्देहीमा ५६ वटा गोरु बरामद

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा प्रहरीले ५६ वटा गोरू बरामद गरेको छ । आज विहान पश्चिम तर्फ बाट पुर्व तर्फ गोरु ओसार पसार हुदै छ भन्ने सुचनाको आधारमा बुटवल उपमहानगरपालिका वडा नं.२ जितगढीमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याइएका ३२ वटा गोरु बरामद भएका छन ।

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार ना ५ ख १०१५ नम्बरको ट्रकमा ३२ वटा गोरुहरु लोड गरी लिई आएको उक्त ट्रकका चालक चितवन राप्ती नगरपालिका वडा नं.३ बस्ने  ३४ वर्षिय विजय श्रेष्ठले कागजताहरु समेत देखाउन नसकपछि गोरु बरामद गरिएको थियो । ट्रक र ३२ वटा गोरुलाई बरामद गरीएको र ट्रक चालक श्रेष्ठसमेतलाई  पक्राउ गरी आवश्यक अनुसन्धान एवम कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ । 

त्यस्तै रुपन्देही प्रहरीले रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी स्थित महेन्द्र राजमार्ग सडक खण्डबाट २४ वटा गोरु बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय सालझण्डीबार्ट  गएको प्रहरी टोलीले पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख १४४१ नम्बरको ट्रक शंकाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा गोरु  फेला परेका हुन । 
उक्त ट्रक भित्र लोड गरी राखी ल्याएको अवस्थामा २४ वटा गोरूहरू रहेको र चालकको साथमा रहेको बिलहरू हेर्दा अनलाईन बिलमा गन्तब्य स्थान झापा भएको तर भेटेनरी प्रमाण पत्रमा सर्लाही लेखीएको पाइएको थियो । 

त्यस्तै अनलाईन विलमा गोरूको संख्या २५ उल्लेख भएको र सवारी साधनमा २४ वटा मात्र गोरू रहेको भेटेनरी प्रमाणपत्र रहेको अक्षर फरक फरक किसिमका देखिएको हुँदा गोरू  र ट्रक सहित चालक प्रकाश रूवाली र सहचालक दुबराज भुजेललाई पक्राउ गरी आवश्यक कारवाहीको लागी भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही पठाईएको प्रहरीले जनाएको छ । रुपन्देहीमा यस भन्दा अगाडी पनि प्रहरीले ट्रकका ट्रक गोरु वरामद गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर