वाग्मती । वाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्र्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत , सडक पुल तथा झोलुङ्गे पुल निर्माणलगायतका पूर्वाधारमध्ये चालू आर्थिक वर्ष ०७७–०७८ को पहिलो चौमासिकसम्म सो प्रगति हासिल भएको हो ।
चालू आवमा प्रदेशभित्र सडक निर्माण तथा मर्मत कार्य गरी कूल ८३६, सडक पुल निर्माण तर्फ ११२ र झोलुङ्गे पुल निर्माणमा १५ योजना रहेका छन् ।
यी योजनामध्ये केही योजना कार्यान्वयनमा रहेका छन् भने केही योजना कार्यान्वयनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक महाशाखा प्रमुख नविनकुमार सिंहले जानकारी दिए । मन्त्रालयका अनुसार चालू आवको पहिलो चौमासिकसम्म वित्तिय प्रगति ३९ दशमलब ६१ प्रतिशत भएको छ । ती सबै योजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि एउटा निर्देशनालय र आठ वटा विभिन्न मातहतका कार्यालय रहेका छन् ।
चितवन । चितवनको रत्ननगरमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
प्रतिकृया दिनुहोस