• शनिबार १०-१०-२०७७/Saturday 01-23-2021/ 09:22 am

ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्तर्गत प्रशारण गर्दै

काठमाडौं । नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्र्तगत प्रशारण गर्दैछ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तिन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेकाछौ ।  प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले भने “हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौ । ”

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनआइसी एशियामा अब अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने 

  • ९ माघ, २०७७

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने

१ लाख ३९ हजारले पाए चन्द्रागिरि हिल्सको आइपीओ 

  • ९ माघ, २०७७

काठमाडौं। चन्द्रागिरि हिल्सको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड

शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट 

  • ९ माघ, २०७७

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन