• आइतबार १०-११-२०७७/Sunday 01-24-2021/ 05:01 pm

प्रदेश १ मा २५ संक्रमित थपिए

झापा ।  प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, तेर्हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र विर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, तेर्हथुमको  म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ । 

प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् ।  हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ । 

प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङमा लागुऔषध सहित ४ जना पक्राउ 

  • ११ माघ, २०७७

काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई,

कन्काइ नदीमा विद्युतीय शवदाह गृह निर्माणको पहल सुरु

  • ११ माघ, २०७७

 झापा । झापाको कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पुगेको जनाउँदै कन्काई

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

  • ११ माघ, २०७७

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक