एभरेष्ट बैंकका सेयरधनीलाई २० प्रतिशत लाभांश

काठमाडौं । एभरेष्ट बैंकको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश परित गरेको छ । 

बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । त्यस्तै बैंकले साधारणसभामा लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफा नोक्सान हिसाब सहित बैंकको वासलातमाथि छलफल गरि पारित गरेको छ । बैंकको हालसम्म मुलुकभर ८७ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । 
 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर