• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपथ्य टोकियोमा, शनिबार कन्सर्ट 

संगीता कुवंर/जापान । जापानको टोकियोमा हुन लागेको कन्सर्टको लागि सांगीतिक समूह नेपथ्य व्याण्डका कलाकारहरु जापान आईपुगेका छन् ।  

व्याण्डका मुख्य गायक अमृत गुरुङ सहितका कलाकारहरुलाई आयोजक गोरेटो प्रोडक्सनका सदस्यहरुले भव्य स्वागत गरेका छन् । नेपथ्य व्याण्डको भव्य कन्सर्टको तयारी र व्यवस्थापन सकिएको आयोजकले जनाएको छ । कन्सर्ट आउँदो शनिबार टोकियोको सुईदोउबासी स्थित टोकियो डोममा रहेको टोकियो डोम सिटि हलमा हुँदैछ । 

नेपालको लोकप्रिय सांगितिक व्याण्ड र व्यक्तिगत रुपमा समेत सबै उमेर समुहका नेपालीमाझ रुचाईएका गायक हुन् अमृत गुरुङ ।
उनै गायक गुरुङ तीन बर्षपछि आफ्ना व्याण्डका अन्य नौ जना सदस्यसहित जापानमा कन्सर्ट गर्न बुधवार पुगेका हुन् । यसअघि नेपथ्यले नेपालमा बिनाशकारी भूकम्प गएको केही समय पछि मात्र टोकियोको कामदास्थित एप्रिकोट हलमा कन्सर्ट आयोजना गरेको थियो ।

यस अघि भूकम्पको आहतमा मनोरञ्जन भन्दा बेदना र संवेदनाका गीतले जापानमा रहेका नेपालीहरुलाई एकढिक्का बनाएर कन्सर्टबाट उठेको रकम समेत भूकम्प पिडितको लागि सहयोग गरेको नेपथ्य व्याण्ड यसपटक भने आफ्नो रजत जयन्ती मनाउँदै खुशी साट्न टोकियो आईपुगेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर